त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?
काठमाडाैं | चैत ७, २०७९
काठमाडौँ: बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनासीले छनोट गरिएका नेपाली टोलीलाई प्रशिक्षणमा बोलाइसकेको एन्फा स्रोतले बताएको छ । श्रम स्वीकृतको समस्याका कारण मुख्य प्रशिक्षकले नेपाली टोली भने आधिकारीक रूपमा घोषणा गरेका छैनन् । उनले एन्फालाई नेपाली टोलीको लिष्ट दिसकेका छन् एन्फा स्रोतले बतायो ।
नेपाली टोलीमा गोलरक्षकका रूपमा किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल रहेका छन् । यस्तै डिफेन्डरमा रोहित चन्द, रन्दीप पौडेल, आदित्य चौधरी, अनन्त तामाङ, निशान खड्का, विकास तामाङ र पदम भट्टराई रहेका छन् ।
यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, आयूस घलान, एरिक विष्ट, सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, सनिस श्रेष्ठ र कमल थापा तथा स्ट्राइकरमा भरत खवास, मनिष डाँगी, दिपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट रहेका छन् ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

